Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा संसदीय दल औपचारिक विभाजन, प्रचण्ड दोस्रो पटक दलको नेता

    नेकपा संसदीय दल औपचारिक विभाजन, प्रचण्ड दोस्रो पटक दलको नेता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ ।

    शुक्रवार बसेको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो ।



    झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको बैठकमा सहभागी एक सांसदले बताए।



    प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको सो समूहले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार