Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

    नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    ताप्लेजुङ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।

    शुक्रबार आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरेका हुन् ।



    सो अवसरमा उनले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।



    यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गरिन् ।

    गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार