Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा नेता केसीको जोड

    कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा नेता केसीको जोड

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    चितवन। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।

    शुक्रबार नेपाल प्रेस युनियन, चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जान नहुने बताएका हुन् ।



    उनले भने, ‘जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।’ कांग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उनको भनाइ थियो । उनले थपे, ‘अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरुसँग सहकार्य गरेर अघि वढ्नुपर्छ ।’प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनैतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने बताए ।



    उनले भने, ‘कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।’ कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

    उनले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि हतियारका बारेमा सम्झौता नहुनुलाई अर्थपूर्णरुपमा कांग्रेसले लिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार