Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फेरि बढ्न थाले भारतमा कोरोना संक्रमित

    फेरि बढ्न थाले भारतमा कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतका महाराष्ट्र, केरल तथा पञ्जाबसमेत विभिन्न राज्यहरुमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पुनः बढ्न थालेका हुन् ।

    गत जनवरी १४ का दिन ३ सय ४० जना संक्रमित थपिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय १२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना संक्रमितको निधन भएको छ ।



    दिल्लीमा हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या १० हजार ९ सय १८ पुगेको छ ।



    महाराष्ट्रमा शुक्रबार मात्रै १० हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ५३ जनाको निधन भएको छ ।

    यो राज्यमा कोरोनाका कुल संक्रमितको संखया २१ लाख ८९ हजार ३ सय ९९ पुगेको छ भने निधन भएको संख्या ५२ हजार ३ सय ९३ पुगेको छ ।

    गत जनवरी २३ पछि यो सबैभन्दा बढी संख्या हो । २३ जनवरीमा दिल्लीमा १८८० सक्रिय संक्रमित थिए ।

    भारतमा कुल संक्रमितको संख्या १ करोड ११ लाख ७३ हजार ७ सय ६१ पुगेको छ भने १ लाख ५७ हजार ५ सय ४८ जनाको निधन भैसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार