Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मलाई प्रधानमन्त्री हुनु छैन : सभापति देउवा

    मलाई प्रधानमन्त्री हुनु छैन : सभापति देउवा

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

    शनिबार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, ‘ म प्रधानमन्त्रीको दौडमा छैन ।’



    ‘म प्रधानमन्त्री हुनै चाहेको छैन,’ उनले भने, ‘मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला’ ।



    काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् ।

    यस्तै, उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए ।

    नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार