Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बास्तोला मृत्यु प्रकरण: शंकास्पद सबै आरोपी पक्राउ, घटनामा संलग्न भनिएका निरीक्षक सरुवा

    बास्तोला मृत्यु प्रकरण: शंकास्पद सबै आरोपी पक्राउ, घटनामा संलग्न भनिएका निरीक्षक सरुवा

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 4.4K
    SHARES

    मोरङ। जिल्ला प्रहरी मोरङले उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणका संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा १९ उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल रहेको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार शुक्रबार साँझ भैरहवाबाट दुबैलाई पक्राउ गरिएको हो ।



    यसअघि बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो । त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरेर अनुसन्धान जारी रहेको छ ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गरेको छ। तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् भने उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएको छ । प’क्रा’उ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार