Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रचण्डले भने – विप्लव मेरै बाटोमा आउनुभयो

    प्रचण्डले भने – विप्लव मेरै बाटोमा आउनुभयो

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रबिक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको बताएका छन् ।

    शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा  प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश समेत गरेका छन् ।



    ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’



    अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

    शुक्रबार सरकारसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गरेसँगै नेकपाका महासचिव समेत रहेका विप्लव शान्तिपूर्ण आन्दोलनमा आएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार