Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विप्लव समूहका सप्तरी प्रमुखसहित तीन कार्यकर्ता रिहा

    विप्लव समूहका सप्तरी प्रमुखसहित तीन कार्यकर्ता रिहा

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    सप्तरी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सप्तरी जनसरकार प्रमुखसहित तीन जना जिल्ला नेताहरु सप्तरीबाट रिहा भएका छन् ।

    सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएसँगै उनीहरु शुक्रबार साँझ राजविराजबाट रिहा भएका हुन् ।



    रिहाइ हुनेहरुमा ‘विप्लव’ समूहका सप्तरी ‘जन सरकार’प्रमुख ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा र सप्तरी जिल्ला सदस्यहरु राजबिराज ३६ वर्षीय उदय उपनामका उदयनाथ मण्डल र २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।



    प्रहरीले उनीहरुलाई आपराधिक लाभको मुद्दा दर्ता गरेको थियो ।

    प्रहरीका अनुसार सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग उनीहरुले चन्दा माग गर्ने, धाकधम्की दिने गरेका थिए ।

    उनीहरुलाई शुक्रबार श्रीमती र परिवारका सदस्यहरुको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    यस्तै, शुक्रबार बिहान विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार