Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओली समूहको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसद उपस्थित भएको दावी

    ओली समूहको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसद उपस्थित भएको दावी

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक सम्पन्न भएको छ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दावी  गरेका छन् ।



    यस्तै, नेकपाकै प्रचण्ड–माधव समूहले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो ।



    प्रचण्ड-माधव समूहमा  पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी  १ सय १५ पुर्‍याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ  ।’

    भट्टराईका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार