Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाइडेनको १९ अर्ब डलरको राहत प्याकेज सिनेटद्वारा पारित

    बाइडेनको १९ अर्ब डलरको राहत प्याकेज सिनेटद्वारा पारित

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    एजेन्सी । कोरोना भाइरसको महामारी खेपिरहेका अमेरिकी नागरिकको राहतका लागि राष्ट्रपति जो बाइडेनले ल्याएको १९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी विधयेक सिनेटले पारित गरेको छ ।

    सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि बाइडेनको राहत योजना पारित भएको हो । बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले आउँदो मंगलबार सो विधेयक पारित गर्ने सम्भावना छ ।



    चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने मार्गमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।



    कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २३ हजारको ज्यान गइसकेको छ । दुई करोड ९० लाख संक्रमित भएका छन् ।

    महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६ दशमलव २ प्रतिशत छ ।

    महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो । यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ ।

    रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् । केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् ।

    नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४०० डलरबाट घटाएर ३०० डलर बनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार