Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शरण लिएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन म्यानमारको भारतसँग आग्रह

    शरण लिएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन म्यानमारको भारतसँग आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2K
    SHARES

    एजेन्सी । म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ ।

    दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न म्यानमारले माग गरेको हो ।



    म्यानमारमा फेब्रअरी १ मा सत्ता हत्याएपछि ८ जना प्रहरी अधिकृत र उनीहरुका परिवार शरण लिन पुगेक भारतले जनाएको छ । सुरक्षाकर्मी फिर्ता पठाउने बारे भने भारतले कुनै प्रतिक्रिया दिएको छैन ।



    यता म्यानमारका सैन्य ‘कू’ को विरोध जारी प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा थप प्रदर्शनकारी घाइते भएका छन् ।

    म्यानमारको यंगुन शहरमा भेला भएका हजारैं प्रदर्शनकारीले सैन्य ‘कू’ को बिरुद्ध ब्यापक नाराबाजी गर्दा सेनाले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरुलाई तितरबितर पारेका थिए ।

    प्रदर्शनकारीहरुले पक्राउ परेकी नेतृ आङ सान सूचीलगायतका नेताहरुको रिहाइ र प्रजातन्त्र पूनर्वहालीको माग गर्दै आएका छन् । प्रदर्शनका क्रममा ५५ भन्दा बढीको मृत्यु भैसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार