Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • विप्लवले हतियार विसर्जन नगरी शान्तिको आभास हुँदैन : प्रदीप पौडेल

    विप्लवले हतियार विसर्जन नगरी शान्तिको आभास हुँदैन : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकार र विप्लवबीचको वार्तामा प्रश्न चिन्ह खडा गरेका छन् ।

    शनिबार सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाउँदै नेता पौडेलले विप्लव समूहले हतियार विसर्जन नगरी शान्तिको आभास गर्न नमिल्ने बताएका हुन्।



    ‘हतियार सम्बन्धि कुराहरुमा मौनता साधेर कुनै पनि बिद्रोही समूहसङ्गको वार्ता तात्विक र अर्थपूर्ण हुनै सक्दैन’, उनले भने।



    नेता पौडेलले सरकार र बिप्लब समूह बिचको वार्तामा अपरिपक्वता देखिएको समेत उल्लेख गरेका छन् ।

    यसअघि कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि हतियार सम्बन्धि चौंथोबुँदा खोइ र? भन्दै प्रश्न गरेका थिए ।

    गत शुक्रबार सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार