Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड–माधव समूहका नेताहरुको सभामुखसँग भेट

    प्रचण्ड–माधव समूहका नेताहरुको सभामुखसँग भेट

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँग भेट गरेका छन् ।

    आइतबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरु सभामुख सापकोटासँग भेटका लागि उनको कार्यकक्षमा पुगेका थिए ।



    सभामुखसँग करिब २० मिनेट छलफल भएको स्रोतले बताएको छ।



    नेकपा प्रचण्ड-माधव समूहको संसदीय दलको आन्तरिक बैठकपछि उनीहरुले सभामुखलाई भेटेका हुन् । सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने बताईएको छैन ।

    संसद अधिवेशन आज ४ बजे बस्दै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार