Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सवारी दुर्घटनामा ९ जनाको मृत्यु 

    सवारी दुर्घटनामा ९ जनाको मृत्यु 

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। दार्चुला, ललितपुर, मोरङ, महोत्तरी, रोल्पा र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । 

    दार्चुला, लेकम गाउँपालका-६ बनस्याडीस्थित सडकमा ग.३ च १६९३ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा जिप चालक सोही ठाउँ बस्ने ३८ वर्षीय करन नाथ लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको छ । 



    ललितपुर, महालक्ष्मी नगरपालिका-१० कोर्टडाडाँस्थित सडकमा बा.१९ प ६५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं चाबहिल बस्ने ललितपुर जोदावरी नगरपालिका-२ त्रिबेणी घर भएका ४९ वर्षीय मरिचमान नगरकोटीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको  छ । 



    मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउस्थित सडकमा प्रदेश २-०२-००१ प ३८७८ नम्बरको मोटरसाइकल र बा.४ ख ६९६ नम्बरको हाईस गाडी एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-११ बस्ने २१ वर्षीय मनोज कटुवाल र बेलबारी नगरपालिका-११ बस्ने २१ वर्षीय अर्जुन न्यौपाने रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका हाइस चालक र सहचालकको बिराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । 

    महोत्तरी, गौशाला नगरपालिका-३ नबराजपुरस्थित सडकमा ज.२ प ५८७३  नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ रजखोर बस्ने २५ वर्षीय केदार आले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । 

    रोल्पा, रुन्टिगढी गाउँपालिका-६ गातिनास्थित सडकमा रा.७ त ६४०० नम्बरको ट्याक्टरको ट्रलीमा च्यापिएर ट्याक्टरमा सवार रुन्टिगढी गाउँपालिका-६ गातीना बस्ने ३१ वर्षीय खगेन्द्र रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    कास्की, पोखरा महानगरपालिका-७ बुलौदीस्थित सडकमा ग.५ प ८३६४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको  सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-६ बैदाम बस्ने धनकुटा सहिद भूमी   गाउँपालिका-१ हुगुवा घर भएका ४७ वर्षीय जित बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार