Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विप्लवको राजनीतिक भेटघाट तीब्र, गृहमन्त्रीपछि पूर्वसभामुख महरा

    विप्लवको राजनीतिक भेटघाट तीब्र, गृहमन्त्रीपछि पूर्वसभामुख महरा

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारसँगको वार्तामा ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

    शनिबारदेखि भेटघाटमा व्यस्त रहेका विप्लवले प्रचण्ड-पक्षीय नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।



    आइतबार बिहान विप्लवले महरालाई उनकै निवासमा पुगेर भेटेका हुन् । विप्लवसँगै केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।



    शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेताहरूसँग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार