Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एमाले-माओवादी एकता खारेज, मिल्ने भए आयोग जान परमादेश

    एमाले-माओवादी एकता खारेज, मिल्ने भए आयोग जान परमादेश

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा मुद्दाको फैसला ऋषि कट्टेलको नाममा गरेसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता पनि स्वत: खारेज भएको छ ।

    आइतबार सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो ।



    निर्वाचन आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) अस्तित्वमा रहेको उल्लेख गरिएको छ ।



    यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

     

    अदालतको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

    नेकपा अध्यक्ष प्रचण्डले अदालतको फैसला सोचेअनुसार नभएको भन्दै टिप्पणी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार