सर्वोच्चको फैसला लगत्तै प्रचण्ड-माधव समूहको आकस्मिक बैठक सिंहदरबारमा

सर्वोच्चको फैसला लगत्तै प्रचण्ड-माधव समूहको आकस्मिक बैठक सिंहदरबारमा

अनलाइन नेपाल
  • आइतबार, फाल्गुन २३ २०७७

  • 4K
    SHARES

  • सर्वोच्चको फैसला लगत्तै प्रचण्ड-माधव समूहको आकस्मिक बैठक सिंहदरबारमा

    काठमाडौं ।आइतबर सर्वोच्च अदालतले नेकपाको नाममा रहेको मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा गरेसँगै दलका नेताहरु अन्यौलमा परेका छन्।

    अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै प्रचण्ड–माधव समूह आकस्मिक बैठकमा जुटेको छ ।

    सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

    सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा फर्काइदिएको छ ।

    फैसलालगत्तै अध्यक्ष प्रचण्डले अदालतको फैसला अपेक्षा विपरित आएको टिप्पणी समेत गरेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार