कोरोना अपडेट : मृतकको संख्या शुन्य, ६६ जना संक्रमित थपिए

कोरोना अपडेट : मृतकको संख्या शुन्य, ६६ जना संक्रमित थपिए

अनलाइन नेपाल
  • आइतबार, फाल्गुन २३ २०७७

  • 2.1K
    SHARES

  • कोरोना अपडेट : मृतकको संख्या शुन्य, ६६ जना संक्रमित थपिए

    काठमाडौँ। नेपालमा आइतबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा ५८  जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।

    यस्तै हिजो नेपालमा ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार