सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको, प्रचण्ड–माधव समूहले भोली धारणा सार्वजनिक गर्ने

सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको, प्रचण्ड–माधव समूहले भोली धारणा सार्वजनिक गर्ने

अनलाइन नेपाल
  • आइतबार, फाल्गुन २३ २०७७

  • 3.4K
    SHARES

  • सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको, प्रचण्ड–माधव समूहले भोली धारणा सार्वजनिक गर्ने

    काठमाडौं ।  नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको प्रचण्ड–माधव समूहले निष्कर्ष निकालेको छ ।

    आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरूसँगको छलफलबाट उक्त निकर्ष निकालेको निकालेको वताइएको छ।

    कानुन व्यवसायीहरूले सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव दिएका थिए ।

    जुन कुराको जानकारी प्रचण्डले बैठकमा दिएका थिए। पार्टीको प्रचण्डले भोली आधिकारीक धारणा सार्वजनिक गर्ने वताएका छन्। ।

    सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।सर्बोच्चको फैसलासँगै राजनीतिक रुपमा अन्योल बढेको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार