Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संकटमा पनि चीनले रक्षा बजेट बढाएपछि भारतलाई तनाब

    कोरोना संकटमा पनि चीनले रक्षा बजेट बढाएपछि भारतलाई तनाब

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। गत वर्ष जुनमा गल्वान उपत्यकामा चिनियाँ सेनासँगको झगडापछि भारत र चीनबीच ठुलो तनाब भयो ।

    यसैबीच, अमेरिका र चीनबीचको झगडा विगत केही दिनहरूमा बढेको छ, विशेष गरी अमेरिका र चीनबीच व्यापारको मोर्चामा तनाव बढेको छ।



    तर, अब चीनले रक्षा बजेट बढाएर नयाँ प्रश्न खडा गरेको छ , वास्तवमा चीनको रक्षा बजेट २०० अरब डलर भन्दा बढी भएको छ।



    चीनले शुक्रबार आफ्नो रक्षा बजेट ६.८ प्रतिशतले बढाएर २०२१ मा २०९ अर्ब डलर पुगेको छ। यो संख्या भारतको रक्षा बजेट भन्दा  तीन गुणा बढी छ।

    यो लगातार छैठौं वर्ष हो, जब चीनको रक्षा बजेटमा ‘सिङगल  डिजिट’  वृद्धि भएको छ। चीनलाई कोरोना संकटको बीचमा रक्षा बजेट बढाउनु किन आवश्यक पर्यो?

    यो बजेटको बारेमा जानकारी दिँदै चीनको आधिकारिक समाचार एजेन्सी सिन्हुआले यस वर्ष (२०२१) को योजनाबद्ध रक्षा खर्च १३५० अरब युआन (करिब २०९ अर्ब अमेरिकी डलर) हुने जनाएको छ ।

    यद्यपि हाल चीनको रक्षा बजेट अमेरिकी रक्षा बजेटको एक चौथाई नजिक छ। अमेरिकी रक्षा बजेट २०२१ को लागि ७४०.५अर्ब डलर राखिएको छ।

    चीनको रक्षा बजेट भारतको भन्दा तीन गुणा बढी छ। भारतको रक्षा बजेट (पेन्सन सहित) ६५.७ अर्ब डलरको नजिक छ।

    २०२१- २२ को लागि भारतको कुल रक्षा बजेट ४.७८ लाख करोड राखिएको छ, जबकि २०२०-२१ मा यो संख्या ४.७१ लाख करोड थियो।

    यस वर्ष भारतले रक्षा बजेटमा १.४ प्रतिशतले वृद्धि गरेको छ। रक्षा बजेटमा सैनिकहरूको तलब, भत्ता र पेन्सन खर्च समावेश छ। ग्लोबल टाइम्सका अनुसार गत वर्ष चीनको रक्षा बजेट १९६.४४ अरब डलर थियो। चीनले कोरोना भाइरस आक्रमणको बीचमा गत वर्ष आफ्नो रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि गरेको छ।

    अमेरिकापछि चीन रक्षा क्षेत्रमा सबैभन्दा बढी खर्च गर्ने देश हो।

    चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि सशस्त्र सेनामा दक्ष युवाहरुलाई आकर्षित गर्न तलबमा ४० प्रतिशत वृद्धि घोषणा गरेको छ।

    चीनको कम्युनिष्ट पार्टीले गत वर्ष एक सम्मेलनमा २०२७ सम्ममा अमेरिकाको बराबर पूर्ण आधुनिक सैन्य निर्माण गर्ने योजनालाई अन्तिम रूप दिएको थियो ।

    सन् २०२७ साल चिनियाँ सेनाको शताब्दी वर्ष हो। चीनले रक्षा बजेट बढाएको कुराले चिन्ता थपिएको भन्दै भारतीय संचारमाध्यममा चीनको आलोचना गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार