Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • म्यान्मारमा सैन्य कू : प्रदर्शनको क्रममा नेपालीभाषी एकको मृत्यु

    म्यान्मारमा सैन्य कू : प्रदर्शनको क्रममा नेपालीभाषी एकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपाली भाषीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन् ।

    उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ । प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन् ।



    विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन् ।



    सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए । तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो।

    म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन् ।

    गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ।

    शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी) को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ । आङ सान सू चीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो। उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो ।

    चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ।

    सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन्।

    परिवारलाई बुझाइएको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्।

    पत्रकार बगालेका अनुसार प्रहरीथानाभित्रै विश्वकर्माको मृत्यु भएको हुनुपर्छ। विश्वकर्माजस्तै म्यान्मारका विभिन्न स्थानमा पक्राउ परेका अन्य प्रदर्शनकारीको पनि प्रहरीले केही दिनपछि आफन्तलाई शव बुझाउने गरेको छ।

    यागुन पेबेडानमा एनएलडीका स्थानीय नेता खिन माङ लाटको त्यसरी नै प्रहरी हिरासतमा हत्या गरिएको आरोप एनएलडीले लगाएको छ। शनिवार राति पक्राउ गरिएको खिन माङ लाटको शव आइतवार उनको परिवारलाई बुझाइएको थियो। स्रोत : बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार