Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चन्द्र भण्डारीको टिप्पणी : ‘महाधिवेशन सरे कांग्रेस कोल्याप्स’

    चन्द्र भण्डारीको टिप्पणी : ‘महाधिवेशन सरे कांग्रेस कोल्याप्स’

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    चितवन। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त ९कोल्याप्स० हुने बताएका छन् ।

    सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।



    उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।” फरक प्रसङ्गमा उनले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।



    पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो ।

    सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसलालाई विधिको विजय भएको टिप्पणी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार