Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अफगानिस्तानमा सेनाको कारवाहीमा दश जना तालिबान मारिए

    अफगानिस्तानमा सेनाको कारवाहीमा दश जना तालिबान मारिए

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    एजेंसी। अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको जनाइएको छ ।

    अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको बताइएको छ ।



    सोमबार दिइएको जानकारीअनुसार त्यहाँको दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको निधन भएको बताइएको हो ।



    अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार सो जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ ।

    त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरु भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार