Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओलीले प्रधानमन्त्री हुन पार्टी एकताको नाटक रचेको प्रचण्ड पुत्रीको खुलासा

    ओलीले प्रधानमन्त्री हुन पार्टी एकताको नाटक रचेको प्रचण्ड पुत्रीको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले प्रधानमन्त्री हुनकै लागि केपी शर्मा ओलीले पार्टी एकताको नाटक रचेको खुलासा गरेकी छिन् ।

    सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै प्रचण्ड पुत्री दाहालले सामाजिक सञ्जालमा प्रधानमन्त्री हुन कै लागि ओलीले पार्टी एकताको नाटक रचेको खुलासा गरेकी हुन् ।



    उनले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको समेत बताएकी छन् ।



    दाहालले लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

    ओलीलाई चेतावनी दिँदै उनले नेपाली जनताले यसको हिसाब राख्ने बताएकी छिन् ।

    प्रचण्डको निजी सचिवालयमा कार्यरत गंगा प्रचण्डकी कान्छी छोरी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार