Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले ब्यूँतिएपछि गौतमलाई फकाउँदै पौडेल

    एमाले ब्यूँतिएपछि गौतमलाई फकाउँदै पौडेल

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमसँग महासचिव विष्णु पौडेलले भेट गरेका छन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सोमबार भैसेपाटीस्थित गौतमको निवासमा पौडेल पुगेका हुन् ।



    आइतबार अदालतको फैसलाबाट एमाले ब्यूँतिएपछि थप मजबुत बनेका गौतमलाई फकाउन पौडेल पुगेको उनीनिकट स्रोतले जनाएको छ ।



    अदालतको फैसलाले दलको अवस्था के हुने, आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेको स्रोतले बताएको छ ।

    गत पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका थिएनन् ।

    फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसलापछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन् ।

    नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णयखारेज गरेसँगै साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमाले पुन: छुट्टिएका  छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार