Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। सोमबार बिहान ११ बजे बस्ने भनिएको नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

    सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड-माधव समूहको पहिलो स्थायी कमिटी बैठक कानून व्यवसायीसँग परामर्श गर्न भन्दै दिउँसोलाई सरेको थियो ।



    आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा पार्टीलाई आधिकारिकताको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड-माधव समूहले सोमवार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए ।



    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरिदिएपछि ओली-प्रचण्ड नेतृत्वको नेकपालाई शंकट उत्पन्न भएको छ।

    प्रचण्ड-माधव समूहका नेताले आइतबार अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवासायीले पुनरावलोकनका लागि जानुपर्ने सुझाव दिएका छन्।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राखेर आयोगमा दर्ता भएपछि उक्त विवाद सर्वोच्चमा पुगेको थियो।

    न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपाको कानूनी हैसियत पार्टी एकता अगाडिको अवस्थामा पुर्‍याइदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार