Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • दुई पार्टी एकता गर्दा ढंग पुगेन : ईश्वर पोखरेल

    दुई पार्टी एकता गर्दा ढंग पुगेन : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रबचि एकता गर्दा वुद्धि र ढंग नपुगेको बताएका छन् ।

    विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएका कारण अहिलेको समस्या भएको उनको भनाइ थियो । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताए ।



    विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेका कारण अहिले समस्या आएको पोखरेलले बताए ।



    सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार