Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कर्णालीमा हात बाँधेको अवस्थामा दिदी बहिनीको शव फेला

    कर्णालीमा हात बाँधेको अवस्थामा दिदी बहिनीको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    दैलेख । कर्णाली नदीमा हात बाँधिएको अवस्थामा दिदी बहिनीको शव फेला परेको छ ।

    दैलेखको आठवीस नगरपालिकाको राकम कर्णालीस्थित साईखोला नजिकै कर्णाली नदीमा पानीमा डुबिरहेको अवस्थामा उनीहरुको शव स्थानीयले फेला पारेका हुन् ।



    आठवीस नगरपालिका ३ निमायलका मानसिंह बडुवालकी छोरीहरु १६ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको हो ।



    इलाका प्रहरी कार्यालय राकमका प्रहरी सहायक निरीक्षक गोविन्द ढकालका अनुसार बडुवालकी श्रीमतीसहित तीन छोरी र एक छोरा सोमबार दिउँसो दुई बजे घरबाट निस्किएका थिए ।

    मानसिंहले प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा र छोरीसहित श्रीमती घरबाट निस्किएका थिए । यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार