Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

    धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि आज धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिने भएको छ ।

    देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रममा धुम्बाराहीमा पनि नयाँ साइनबोर्ड टाँगिन लागेको हो । अधिकांश जिल्लामा पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको छ ।



    नेकपाको एकता खारेज भएपछि नेकपा एमालेको साइनबोर्ड राख्न देशभर अभियान चलेको छ । नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा पनि यही क्रममा एमालेको साइनबोर्ड राख्ने तयारी छ ।



    सर्वोच्च अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्रका रुपमा अलग अलग भएका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार