Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गिनी विस्फोटमा ९८ जनाले ज्यान गुमाए

    गिनी विस्फोटमा ९८ जनाले ज्यान गुमाए

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 822
    SHARES

    एजेन्सी । पश्चिम अफ्रिकी देश इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोटबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।

    सैन्य व्यारेक रहेको उक्त क्षेत्रमा डाइनामाइट विस्फोटमा ४२० जनाभन्दा बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विस्फोट भएको बताइएको छ । विस्फोट लगत्तै धुवाँको मुस्लोसहित धेरै व्यक्ति हताहत भएका थिए ।



    फोहोरको थुप्रोबाट समेत घाइतेहरुको उद्दार गरिएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । विस्फोटबाट शहरका अधिकांश निजी तथा सरकारी भवन क्षतिग्रस्त भएका छन् ।



    स्पेन, फ्रान्स, अमेरिकालगायतसँग आपतकालीन सहयोगका लागि इक्वेटोरियल गिनीले आग्रह गरेको छ । सन् १९६८ मा स्पेनबाट स्वतन्त्र भएको इक्वेटोरियल गिनी अफ्रिकाको एक मात्र स्पेनिस भाषा बोल्ने देश हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार