Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मेयर कपमा आज दुई खेल हुँदै

    मेयर कपमा आज दुई खेल हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र वाग्मती प्रदेशबीच खेल हुँदैछ ।



    अर्को खेल पनि बिहान पौने ९ बजे नै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।



    सोमबार एउटा मात्र खेल भएको थियो । सोमबार त्रिभुवन आर्मीले काठमाडौँ मेयर ११ लाई ५ विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार