Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • १९ वर्षीय युवकको आफ्नै घरभित्रै हत्या, अपराधीहरु बाइक चढेर भागे

    १९ वर्षीय युवकको आफ्नै घरभित्रै हत्या, अपराधीहरु बाइक चढेर भागे

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको घरभित्रै हत्या भएको छ ।

    प्रहरीका अनुसार मंगलबार बिहान पेन्टरको काम गर्ने १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाएर घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।



    रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

    उनको घरको तल्लो तलामा खाजा पसल रहेको छ भने माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

    मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार