Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एमाले सचिवालय बैठक ४ बजेका लागि सारियो

    एमाले सचिवालय बैठक ४ बजेका लागि सारियो

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् ।



    बैठकमा सहभागी हुन सबै सचिवालय सदस्यहरुलाई एसएमएस र टेलिफोनमार्फत निम्ता गरिएको छ । वरिष्ठ नेता माधब नेपाल समूह पनि आन्तरिक गृहकार्य गरेर बैठकमा सहभागी हुने तयारी गरेको छ ।



    तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् । बैठकमा सर्वोच्चपछि ब्युँतिएको पार्टी गतिविधि कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।

    फैसला अनुसार पार्टीका काम अघि बढाउने विषयमा पनि बैठकमा कुराकानी हुने बुझिएको छ ।

    आज बिहान ९ बजे बस्ने भनिएको सचिवालय बैठक ४ बजेलाई सारिएको हो । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

    माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए ।

    नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार