Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ४ सन्तानसहित कर्णालीमा हाम फालेकी थिइन सुकु, २ छोरीको शव भेटियो, तीन जना अझै बेपत्ता

    ४ सन्तानसहित कर्णालीमा हाम फालेकी थिइन सुकु, २ छोरीको शव भेटियो, तीन जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। विश्वभर नारी दिवस मनाइरहेका बेला दैलेखकी एक महिलाले भने श्रीमानको अत्याचार सहन नसकेपछि आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

    हिजो आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।



    नदीमा फाल हालेकामध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।



    आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाल भने अभै बेपत्ता छन् ।

    उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    स्थानीयबासीका अनुसार सुकी सोमबार बिहानै घरबाट निस्केकी थिइन् । स्थानीयले नै सुकीलगायत सबै कर्णाली नदीमा हाम फालेको जानकारी प्रहरीलाई गराएका थिए ।

    सुकीका श्रीमान मानसिंह बडुवालले दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको पनि खुलिसकेको छ ।

    मानसिंहले नै प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा र छोरीसहित श्रीमती घरबाट निस्किएका थिए ।

    प्रहरीले मानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार