Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धुम्बाराहीमा एमालेले नेकपाको बोर्ड हटायो

    धुम्बाराहीमा एमालेले नेकपाको बोर्ड हटायो

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएका छन् ।

    अदालतको फैसलासँगै मंगलबार बिहान साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेले एमालेको बोर्ड राखेको छ ।



    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखेको  हो । यसअघि एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो ।



    त्यस्तै, माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

    सर्वोच्च अदालतले नेकपा एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको प्रचण्ड-माधव समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।

    जिल्लादेखि गाउँ-गाउँसम्म पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार