Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दैलेख मृत्यु प्रकरण : आमा र छोराको शव भेटियो

    दैलेख मृत्यु प्रकरण : आमा र छोराको शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    दैलेख । सोमबार चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ।

    मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।



    दैलेख प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठका अनुसार सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको हो।



    आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् ।

    यतिबेला घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार