Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राजपा र समाजवादीपछि जसपाको संयुक्त बैठक सिंहदरबारमा

    राजपा र समाजवादीपछि जसपाको संयुक्त बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ। आइतबार सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र कायम भएसँगै प्रतिनिधिसभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले पनि बैठक बस्दै छ ।

    जसपा एकीकरण भन्दा अघि रहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीले छुट्टाछुट्टै भेला गरेका छन् ।



    साविकका छुट्टाछुट्टै संसदीय दलको बैठकपछि मंगलबार दिउँसो संयुक्त रूपमा जसपा संसदीय दलको बैठक बस्ने स्रोतले जनाएको छ ।



    सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको स्रोतले बताएको  छ ।

    एकीकरण भइसकेको महिनौंपछि पनि साविकका पार्टीले छुट्टाछुट्टै भेला गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार