Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ढुंगाना र मिश्र डेपुटी गभर्नरमा नियुक्त

    ढुंगाना र मिश्र डेपुटी गभर्नरमा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारले नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्पिरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।



    डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभागमा प्रमुख छिन् भने मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।



    पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद १९ फागुनमा सकिएको थियो ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार