Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

    युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2K
    SHARES

    एजेन्सी । इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

    मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३–२ गोल अन्तरले पराजित गरेपनि युभेन्टस बाहिरिएको हो ।



    अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४–४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २–१ ले हराएको थियो ।



    युभेन्टसको मैदानमा रोमान्चक बनेको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १–१ को बराबरीमा ल्याए ‌।

    खेलको ५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए

    खेलको ६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । किएजाको गोलसँगै खेल समग्रमा ३–३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

    अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २–२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३(२ को जित दिलाए । तर, यस जितले युभेन्टसलाई क्वाटरफाइनलमा पुर्याउन भने सकेन ।

    यससँगै युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार