Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा जेठ २६ बाट (परीक्षा तालिका सहित)

    कक्षा १२ को परीक्षा जेठ २६ बाट (परीक्षा तालिका सहित)

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कक्षा १२ को परीक्षा पनि दुई महिना पर धकेलिएको छ । कोरोनाको महामारीका कारण समयमै कक्षा सञ्चालन हुन नसक्दा सरकारले शैक्षिक सत्र नै जेठसम्मका लागि पर सारेको छ ।

    सोही अनुरुप राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।



    मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।



    तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

    त्यसैगरी जेठ २८ गते फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

    यस्तो छ परीक्षा तालिका

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार