Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कलंकीमा पकेट मार्दै गर्दा दुई महिला रङ्गेहात पक्राउ

    कलंकीमा पकेट मार्दै गर्दा दुई महिला रङ्गेहात पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कंलकीलले लामो समयदेखि काठमाडौँमा पाकेटमार र चोरी कार्यमा संलग्न दुई महिला पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।



    उनीहरुलाई पकेट मार्दै गर्दा कलंकीबाट पक्राउ गरिएको कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले जानकारी दिईन्।



    उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको खड्काले बताईन्।

    प्रहरीका अनुसार उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न रहेका थिए ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको को छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार