Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हुण्डीको रकमसहित १ जना पक्राउ

    हुण्डीको रकमसहित १ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणको हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

    मंगलबार दिउँसो वीरगंज महानगरपालिका-६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट स्रोत नखुलेको ७ लाख ७५ हजार ४ सय ७० नेपाली रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ सहित सोही ट्रेडर्समा काम गर्ने बारा कलैया उपमहानगरपालिका-२३ ठेगाना भएका ३८ वर्षीय जयराम राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।



    अवैध रकम (हुण्डी) मा संलग्न उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसूरमा अनुसन्धान भइरहेको तथा हाल फरार रहेका उक्त ट्रेडर्सका सञ्चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार