Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मेयर कप क्रिकेट : पारसको शतकमा आर्मीलाई २६७ रनको लक्ष्य

    मेयर कप क्रिकेट : पारसको शतकमा आर्मीलाई २६७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ ।

    विहीबार क्रितिपुरस्थित  टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउदै २ सय ६६ रन बनायो ।



    बागमतीका लागि पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले ।



    यस्तै नन्दन यादवले ४२, इशान पाण्डेले २६ , आदील खानले २१ र पृथु बास्कोटाले १२ रनको योगदान दिए।

    आर्मीका लागि सोमपाल कामी एक्लैले ५ विकेट लिए ।

    अबको केहीबेरमा आर्मीले जवाफी ब्याटिङ गर्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार