Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बौद्धबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

    बौद्धबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ ।

    शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले जानकारी दिए ।



    एआइजी पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।



    बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए ।

    पक्राउ परेकाहरु लाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “बौद्धबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ”

    1. […] गत बर्षको शुक्रबार, २८ फाल्गुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार