Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सर्वोच्चमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस (सूचीसहित)

    सर्वोच्चमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा २ जना र उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।



    जस अनुसार कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।



    त्यसैगरी, न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट नारायणप्रसाद पौडेल र ऋषि भण्डारीलाई उच्च अदालतको न्यायधीशमा सिफारिस गरिएको छ।

    त्यस्तै, जिल्ला न्यायधीशहरु मध्येबाट सात जना, न्याय सेवाका रा. प. प्रथम श्रेणीका अधिकृतहरु मध्येबाट दुई जना र अधिवक्ताहरु मध्येबाट सात जना उच्च अदालतको न्यायधीशमा सिफारिस भएका छन्।

    सिफारिसमा परेका न्यायधीशहरुको सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार