Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मेयर कप क्रिकेटको फाइनल आज

    मेयर कप क्रिकेटको फाइनल आज

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

    त्रिवि क्रिकेट मैदानमा हुने विभागीय भिडन्त बिहान पौने नौ बजे सुरु हुनेछ । पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ । एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।



    तर, फाइनलमा एपीएफलाई चोटग्रस्त खेलाडीले सताउने देखिएको छ । पुलिस भने एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।



    प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेता टिमले रु ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु २५ हजार पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार