Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मेयर कप क्रिकेट : उपाधि जित्न पुलिसलाई १ सय ६ रनको लक्ष्य

    मेयर कप क्रिकेट : उपाधि जित्न पुलिसलाई १ सय ६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।

    किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो ।



    एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८/१८, भुवन कार्कीले १४ र शंकर रानाले ४ रन बनाए ।



    एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले समान ४/४ विकेट लिए ।

    प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार