Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपत्यकाका १४८ प्रहरी कारवाहीमा, २०१ जना पुरस्कृत

    उपत्यकाका १४८ प्रहरी कारवाहीमा, २०१ जना पुरस्कृत

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दुई डिएसपी सहित १ सय ४८ जना प्रहरीलाई कारबाही गरेको छ ।

    महानगरीय प्रहहरी कार्यालय रानीपोखरीका अनुसार पछिल्लो तीन महिनामा उपत्यकामा कार्यरत २ डिएसपीसहित १ सय ४८ जना प्रहरी कारबाहीमा परेका हुन् ।



    कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कारवाहीमा पर्नेहरुमा २ जना डिएसपी, ५ जना इन्सपेक्टर, ६ सर्इ, ११ असर्इ, ३२ हवल्दार, १ जवान र १ कार्यालय सहयोगी रहेका छन् ।



    त्यस्तै, तीन महिनाको अवधिमा २ सय १ प्रहरी पुरस्कृत भएका छन् । जसमा १ डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार १ सय ७ जवान र ३ कार्यालय सहयोगी छन् ।

    एआइजी हरिबहादुर पालले महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा त्रैमासिक विवरण सार्वजनिक गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार