Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख विजयी

    जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख विजयी

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 1.3K
    SHARES

    एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ ।

    लिगअन्तर्गत शनिबार राति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ३–१ गोलले पराजित गरेको हो । रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानको कीर्तिमानमा बराबरी गरे ।



    बायर्नको जितमा गोरेट्ज्काले खेलको २२ औँ, ग्नाब्रीले ३५ औँ तथा लेवान्डोस्कीले ६७ औँ मिनेटमा गोल गरेका हुन् । ब्रेमेनका लागि ८५ औँ मिनेटमा फुल्क्रुगले एक गोल फर्काएका हुन् ।



    लेवान्डोस्कीले लिगमा यो सिजन ३२ गोल गरिसकेका छन् । बुण्डेस लिगामा लेवान्डोस्कीले २६८ गोल गरेका छन् । उनले दोस्रो स्थानमा रहेका क्लाउस फिस्चरसँगको कीर्तिमानमा बराबरी गरेका हुन् ।

    बुण्डेस लिगामा सर्वकालिन सर्वाधिक गोल गर्ने खेलाडी गेर्ड मुलरले ३६५ गोल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार