Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीसँग वार्ता गर्नुअघि माधव पक्ष बानेश्वरमा

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ ।

अध्यक्ष केपी ओलीसँग वार्तामा बस्नुअघि नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । नयाँ बानेश्वरमा झलनाथ खनाल, माधव नेपालसहितका नेताहरूबीच छलफल भइरहेको छ ।

स्रोतका अनुसार ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा को(को जाने भन्ने पनि सोही छलफलबाट तय हुने बताइएको छ ।

त्यस्तै, संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्दैछन् ।

पछिल्लो समय पार्टी भित्र आन्तरिक द्वन्द चर्किदै गएपछि पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077